पाकिस्तान फर्किएपछि नेपालबारे यस्तो भन्छन् अफ्रिदी

पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदीले स्वदेश फर्किएपछि नेपाली समर्थकलाई धन्यवाद दिएका छन् ।

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्नका लागि असोज ७ मा नेपाल आएका अफ्रिदी सोमबार पाकिस्तान फर्किएका थिए । उनले पाकिस्तान फर्किएपछि ट्वीट गर्दै नेपाली समर्थकलाई धन्यवाद दिएका हुन् ।  

‘न्यानो आतिथ्यका लागि नेपाली जनतालाई हृदयदेखि नै धन्यवाद र यहाँ उत्रिनासाथ मलाई घर जस्तै लाग्यो । पाकिस्तान र नेपाललाई खेलको माध्यमबाट जोड्ने एक विशेष योजनासहित घर फर्किएको छु,’ अफ्रिदीले ट्वीटरमा लेखेका छन् ।  

काठमाडौं किंग्स–११ मा आवद्ध अफ्रिदीले २ म्याच खेल्ने तालिका थियो । तर, वर्षाका कारण सोमबारको खेल हुन नसकेपछि एक म्याच मात्र खेलेर अफ्रिदी पाकिसतन फर्किएका फर्किए ।

उनले ललितपुरविरुद्ध शनिबारको खेलमा ४ ओभर बलिङ गर्दा बिनाविकेट ३२ रन खर्चिएका थिए ।

अफ्रिदीले खेलेको म्याचमा काठमाडौं ७ विकेटले विजयी भएको थियो । ललितपुरविरुद्ध ब्याटिङमा भने अफ्रिदीले मौका पाएका थिएनन् ।  





  • प्रकाशित मिति : असोज १२, २०७८ मंगलबार १७:४१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया