स्कटल्याण्डविरुद्ध ओमान १८ रनले पराजित

आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डसँगको एकदिवसीय म्याचमा ओमान १८ रनले पराजित भएको छ ।

स्कटल्याण्डले दिएको २७४ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन मात्र बनाउन सक्यो । 

उसका लागि जतिन्दर सिंहले ६४, सन्दीप गौडले अविजित ५४, अकिब इलियासले ३३, नसीम खुसीले २७, कलिमुल्लाहले २०, कप्तान जीशान मक्सूदले १६, अयान खानले १४ र खावर अलीले १२ रन बनाए ।

बलिङमा क्रिस सोलेले सर्वाधिक तीन विकेट लिए । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पाहुना टोली स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर २७३ रन बनायो । 

उसका लागि अलराउन्डर रिची बेरिङ्टनले उत्कृष्ट पारी खेले । उनले ८७ बलमा पाँच छक्का र पाँच चौकाको मद्दतमा ९७ रन बनाए । बेरिङ्टनलाई सन्दीप गौडले रनआउट गरेका हुन् ।



त्यस्तै, कप्तान कायल कोएट्जरले ६०, ड्यालन बजले अविजित ३२, कलुम म्याक्लोडले २६ जर्ज मुन्से र क्याथ्यु क्रसले २५/२५ रनको योगदान दिए । 

बलिङमा अकिब यलियास, खावर अली, कलिमुल्लाह र जीशान मक्सूदले एक/एक विकेट लिए । 



 

  • प्रकाशित मिति : असोज १२, २०७८ मंगलबार १९:२४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया