आइपिएल : दिल्लीविरुद्ध केकेआरको रोमाञ्चक जित

युएईमा जारी १४ औँ संस्करणको आइपिएलअन्तर्गत दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइर्डस ३ विकेटले विजयी भएको छ । 

शारजाहमा भएको खेलमा दिल्लीले दिएको १२८ रनको लक्ष्य कोलकाताले १८.२ ओभरमा सात विकेट गुमाएर भेट्टायो । 

उसका लागि नितीश राणाले अविजित ३६, सुभन गिलले ३०, सुनील नारायणले २१, दिनेश कार्तिकले १२ र वैंकटेस अय्यरले १४ रन बनाए । बलिङमा आवेश खानले दुई, कागिसो रबाडा, ललित यादव, रविचन्द्रन आश्विन र एनरिक नोर्खियाले एकएक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन बनायो । 

उसका लागि कप्तान ऋषभ पन्त, स्टिभ स्मिथले ३९/३९ र शिखर धवनले २४ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा सुनील नायारण, लकी फर्ग्सन, वेन्कटेश अय्यरले दुई/दुई र टिम साउथीले एक विकेट लिए ।



 

 



आजको जितसँगै कोलकाता अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसले ११ म्याच खेल्दा ६ मा हार र चार खेलमा जित हात पारेको छ ।

केकेआरविरुद्ध हार बेहोर्दा पनि दिल्ली भने तालिकाको दोस्रो स्थानमा यथावत छ । उसले ११ म्याचमध्ये आठ मा जित र तीन खेलमा हारको सामना गरेको छ । 
 

  • प्रकाशित मिति : असोज १२, २०७८ मंगलबार १९:३०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया