मेस्सीले पिएसजीका लागि पहिलो गोल गरेको दिन सिटी पराजित

बार्सिलोनाबाट यसै सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका अर्जेन्टाइन स्टार लियोनल मेस्सीले सिजनको पहिलो गोल गरेका छन् । च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा पीएसजीले इंग्लिस क्लब म्यान्चेस्टर सिटीलाई २–० ले हराएको हो । 

च्याम्पियन्स लिगको समूह ए मा रहेको पिएसजीले समूह चरणमा पहिलो जित हात पारेको हो । 

घरेलु मैदानमा पिएसजीका लागि आठौं मिनेटमा इद्रिसा गुआइले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ७४ औं मिनेटमा मेस्सीले गोल गरेपछि सिटी २–० ले विजयी भयो । 

समूह चरणका २ खेल सकिदा ४ अंक जोडेको पीएसजी शीर्ष स्थानमा छ भनु क्लब ब्रुग समान अंकसहित दोस्रो स्थानमा छ । गएराति नै भएको खेलमा क्बल ब्रुगले आरबी लेइप्जिगमाथि २–१ को जित निकालेको हो । 





  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार ७:२०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया