आइपिएलमा मुम्बईको जित, पन्जाब ६ विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार भएको खेलमा साबिक विजेता मुम्बई इन्डियन्सले पन्जाब किङ्सलाई ६ विकेटले पराजित गरेको छ ।

पन्जाबले दिएको १३६ रनको लक्ष्य मुम्बईले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

मुम्बईको जितमा सौरभ तिवारीले सर्वाधिक ४५ रन बनाए । हार्दिक पाण्ड्याले अविजित ४० रन, क्विन्टन डी कक २७ र किरोन पोलार्डले अविजित १५ रन जोडे । 
पन्जाबका रबि बिस्नोईले २, मोहम्मद शामी र नाथन इल्सले समानज १/१ विकेट हात पारे । 

यसअघि अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले २० ओभरमा ६ विकेट गुमायर १३५ रन बनाएको थियो ।

पन्जाबका लागि एडिन मार्करमले ४२ रन जोड्दा दिपक होडाले २८, कप्तान केएल राहुलले २१ र सन्दीप सिंहले १५ रन बनाए । 

मुम्बईका जसप्रित बुमराह र किरोन पोर्लाडले २/२, कुर्नाल पान्डेय र राहुल चहरले १/१ विकेट लिए ।



यो जितसँगै ११ खेलमा १० अंक जोडेको मुम्बई पाँचौ स्थानमा उक्लिँदा समान खेलबाट ८ अंकका साथ पन्जाब छैटौं स्थानमा छ । 
 



  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार ७:३९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया