च्यम्पियन्स लिग : लिभरपुलको सहज जित

युइएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले एफसी पोर्टोमाथि ५–१ को फराकिलो जित दर्ता गरेको हो । 
 
पोर्टोको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहमद सलाह र रोबर्टो फिर्मिनोले २/२ गोल गर्दा सादियो मानेको नाममा एक गोल रह्यो । पोर्टोका मेहदी तारेमीले एक गोल फर्काए ।

 सलाहले खेलको १८औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ४५औं मिनेटमा मानेले टोलीको अग्रता दोब्बर बनाए ।

६०औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो तथा टोलीका लिग तेस्रो गोल गरे । ७४औं मिनेटमा तारेमीले गोल गर्दै पोर्टोलाई ३–१ को स्थितिमा ल्याए ।

७७ औं मिनेटमा फिर्मिनोले गोल गर्दा लिभरपुल ४–१ ले अघि बढ्यो । ८१ औं मिनेटमा फिर्मिनोले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई सहज जित दिलाए ।

यो जितसँगै समूह ‘बी’ को लिभरपुल २ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा स्थानमा रहँदा पोर्टो १ अंकका साथ तेस्रो स्थानमा छ ।

लिग अन्तर्गत मंगलबार नै भएका अन्य खेलमा आयाक्सले बेसिक्टासलाई २–० तथा एट्लेटिको मड्रिडले एसी मिलानलाई २–१ ले पराजित गरे । 
 





  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार ८:६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया