च्याम्पियन्स लिग : रियल घरेलु मैदानमै सेरिफसँग स्तब्ध

च्याम्पियन्स लिग अन्तर्गत मंगलबारराति भएको खेलमा रियल मड्रिड घरेलु मैदानमै एफसी सेरिफसँग २–१ गोलले पराजित भएको छ ।

पहिलोपटक च्याम्पियन्स लिग खेलिरहेको सेरिफलाई जित दिलाउन जासुरबेक याख्सिबोभ र सेवास्टियन थिलले १÷१ गोल गर्दा घरेलु टोलीका लागि करिम बेन्जिमाले १ गोल फर्काए । 

सान्टियागो बेर्नबाउमा भएको खेलको २५औं मिनेटमा याख्सिबोभले गोल गर्दै सेरिफलाई सुरुवाती अग्रता दिलाएका थिए ।

६५औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा ल्याए । ८९औं मिनेटमा थिलले गोल गर्दै सेरिफको जित पक्का गरे । 

यो जितसँगै समूह ‘डी’ को सेरिफ २ खेमा ६ अंक जोड्दै शीर्ष स्थानमा रहँदा रियल ३ अंकका साथ दोस्रो स्थानमा छ ।

यही समूहको अर्को खेलमा इन्टर मिलानले शाख्तर डोनेक्ससँग गोलरहित बराबरी खेलेको छ ।



लिग अन्तर्गत मंगलबार नै भएको अर्को खेलमा बेरुसिया डर्टमन्डले स्पोर्टिङ सिपीमाथि १–० को कठिन जित हात पारेको छ ।  


 



  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार ८:३५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया