३ वर्षपछि पर्दामा फर्किँदै शुभेच्छा
फरकधार / १३ असोज, २०७८

‘मिस नेपाल २०१२’मा सहभागिता जनाएपछि चलचित्र यात्रामा देखिएकी शुभेच्छा खड्का लामो समयपछि पर्दामा फर्किँदैछिन् । चलचित्र रणवीरमा अभिनय गरेर रंगीन दुनियाँमा देखिएकी खड्का ३ वर्षपछि ‘प्रेमा’ मार्फत् ठूलो पर्दामा फर्किन लागेकी हुन् ।



रियालिटी साे सञ्चालन गर्दै आएकी शुभेच्छा पछिल्लो समय आफ्नै युट्युब च्यानल ‘ककलेट्स किप इट’ सञ्चालन चलाउँदै आएकी छन् । यो च्यानलमार्फत् उनी रोल मोडलका कथा-व्यथा खोतलखातल पार्छिन् ।

आफ्नै च्यानल र स्टेज साेमा रमाइरहेकी शुभेच्छालाई निर्देशक गोविन्द सिंह भण्डारीले पर्दामा फर्काउन लागेका हुन् । भण्डारीको निर्देशनमा बन्ने चलचित्र ‘प्रेमा’को शीर्ष भूमिकामा शुभेच्छा देखिनेछिन् ।

शुभेच्छा मिस नेपाल इन्टरनेसनल २०१२ र वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१७ की विजेता हुन् ।  



  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १०:४४:३२,   अन्तिम अपडेट : असोज १३, २०७८ बुधबार १०:५३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया