प्रधानमन्त्रीसँग छलफल गर्न प्रचण्ड पुगे बालुवाटार

काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न प्रचण्ड बालुवाटार गएका हुन्। 

पार्टीको स्थायी कमिटी बैठकअघि प्रचण्डले देउवासँग मन्त्रिपरिषद विस्तारबारे छलफल गरेका हुन्। सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक १२ बजे पेरिसडाँडामा बस्दै छ ।

२९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्।
 





  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार ११:६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया