सवारी दुर्घटनामा २ जनाको मृत्यु

इलाम र तनहुँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ​

इलामको इलाम नगरपालिका–१ नेपालटारस्थित सडकमा ना.५ ख ४९८७ नम्बरको ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्लेजुङ खुम्बेदिन बस्ने २३ वर्षीय राजेश नेपाल रहेका छन् । उनको मंगलबार राति घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

पाँचथरबाट इलाम​तर्फ आउँदै गरेको प्र.१ ०१ ००१ ख ३४७१ नम्बरको मालबाहक ट्रकका सह चालक राजेशलाई खाना खाई फर्कने क्रममा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । ट्रकका दुवै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

तनहुँको ब्यास नगरपालिका–१२ देउरालीमा ग.१६ प १६७७ नम्बरको मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७२ वर्षीया चेतकुमारी जैशी रहेका छन् । उनको बुधबार बिहान मृत्यु भएको हो । 

ठक्करबाट गम्भीर घाइते भएका उनको रत्नहरि अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 





  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १२:१४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया