एनभिए कप भलिबल : मणिमुकुन्दको पहिलो जित

छैटौं संस्करणको एभिए कप महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ मणिमुकुन्द भलिबल क्लबले पहिलो जित हात पारेको छ ।  

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको मणिमुकुन्दले दावाली मिलन क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । 

पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको मणिमुकुन्दले दोस्रो सेट २५–२१ गुमायो । उसले तेस्रो सेट २५–१५ र चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दै पहिलो जित दर्ता ग¥यो । दावालीको यो लगातार तेस्रो पराजय हो । 

मणिमुकुन्द र दावाली दुवै आफ्नो पहिलो खेल नेपाल पुलिस क्लब तथा दोस्रो खेलमा गण्डकी प्रदेशसँग पराजित भएका थिए । 

जितसँगै मणिमुकुन्दले ३ अंक जोड्दा दावाली अंकबिहीन बनेका छन् । दुवै टोलीले समूह चरण भने पार गर्न सकेनन् । 

प्रतियोगिता अन्तर्गत बुधबार नै भएको अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ । उसले गण्डकी प्रदेशमाथि ३–० को सोझो सेटमा जित हात पारेको हो ।



पुलिसले पहिलो र दोस्रो सेट समान २५–१४ तथा तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पार्यो । 

यो नतिजासँगै पुलिस लागतार तेस्रो जित निकाल्दै समूह ‘बी’ को विजेताको रुपमा क्वाटर फाइनल प्रवेश गर्दा पराजित गण्डकी पनि उपविजेताका रुपमा अघि बढेको छ । 
पुलिस र गण्डकी दुवैले आफ्नो पहिलो खेलमा दावाली मिलन तथा दोस्रो खेलमा मणिमुकुन्द भलिबल क्लबलाई पराजित गरेका थिए ।   
 



  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १२:१८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया