विश्व मुटु दिवस : मुटुको रक्षा गर्न के गर्ने ?

आज विश्व मुटु दिवस, हरेक वर्ष सेप्टेम्बर २९ तारिखमा विश्वभर मुटु दिवस मनाइन्छ । यो वर्ष ‘युज टु कनेक्ट’ भन्ने नाराका साथ मुटु दिवस मनाउन लागिएको हो । 
नेपालमा कुल जनसंख्याको २५ प्रतिशत अर्थात ७६ लाख भन्दा बढी मानिस मुटुरोगी भएको नेपाल हृदयरोग निवारण प्रतिष्ठानको अनुमान छ । 

जुन संख्या हरेक वर्ष बढ्दो क्रममा छ । बढ्दो आधुनिकता र जीवनशैलीका कारण मुटुरोगीको संख्या बढिरहेको चिकित्सकहरू बताउँछन् । नेपालमा हरेक वर्ष ३० हजार व्यक्तिको मुटुरोगबाट मृत्यु हुने गरेको अनुमान गरिएको छ । 

विश्व स्वास्थ्य संठगठनका अनुसार नेपालमा १८ वर्ष माथिका ३५ प्रतिशत मानिसमा उच्च रक्तचाप र २५ प्रतिशतमा उच्च कोलस्टेरोलको समस्या छ । मुटु रोगका कारण हृदयघात हुने सम्भावना हुन्छ । नियमित शारीरिक अभ्यासको कमी खानपानको ध्यान दिन नसक्दा यो समस्या बढ्दो क्रममा छ । 

मुटुको रक्षा गर्न के गर्ने ? 

मुटु सम्बन्धी रोगबाट बच्न सबैभन्दा उत्तम उपाय भनेकै स्वस्थ जीवनशैली अपनाउनु हो । त्यसका लागि स्वस्थ खानेकुरा खाने, नियमित शारीरिक व्यापाम गर्ने, शरीरको तौल नियन्त्रणमा राख्ने, धुम्रपान र मद्यपान नगर्ने, आफ्नो कोलेस्ट्रोल र रक्तचाप नियन्त्रणमा राख्ने र मानिसक तनाव व्यवस्थापन गर्न सकियो भने मुटु सम्बन्धी रोगबाट बच्न सकिन्छ । 

खानपानमा विशेषगरी चिल्लो पिरो, बोसो, भुटेको, तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने जस्ता कुरामा ध्यान दिनुपर्छ । 



त्यस्तै, मधुमेहलाई नियन्त्रण गर्ने तथा सन्तुलित आहारको छनोट गर्न सकियो भने मुटुसम्बन्धी रोगबाट बच्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
मुटुको स्वास्थ्यमा ध्यान दिन सकेमा करिब ८० प्रतिशत हृदयघात रोगीको आकस्मिक मृत्यु रोक्न सकिने चिकित्सकहरूको भनाइ छ।  



  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १२:४३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया