logo-img

शुक्रवार मध्यपूर्वका प्रतिनिधिसँग एनआरएनए उम्मेदवारले अन्तरक्रिया गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी निर्वाचनमा अध्यक्षका प्रत्यासी डा बद्री केसीले मध्यपूर्व क्षेत्रका महाधिवेशन प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । 

गैरआवासीय नेपाली संघको महिला उपाध्यक्षकी प्रत्यासी यसमिन बेगम सैयदका अनुसार केसीले आफ्नो एजेण्डासँग सहमत केही उम्मेदवार सहित आगामी शुक्रवार ती प्रतिनिधिहरूसँग छलफल गर्न लागेका हुन् ।

नेपाली साँझ ६ बजे देखि शुरु हुने कार्यक्रममा प्रतिनिधिहरू, राष्ट्रिय समितिका अध्यक्षहरूसँग अन्तरक्रिया तथा सुझाव संकलन गर्ने तयारी गरिएको छ । 

कार्यक्रमलाई उपाध्यक्षका उम्मेदवारहरू डा. हेम राज शर्मा, महेश श्रेष्ठ, डिबी क्षेत्री, धर्मराज अधिकारी, यासमिन बेगम सैयद, महासचिव पदका उम्मेदवार गौरीराज जोशी, कोषाध्यक्ष पदका उम्मेदवार लोक प्रसाद दाहाल, सचिव पदकी उम्मेदवार टिक गुरुङ लगायतले सम्वोधन गर्ने कार्यक्रम छ ।  मध्यपूर्वमा संघका ६ वटा राष्ट्रिय समिति सकृय छन् । 

यसअघि डा. केसीले मंगलवार एशिया क्षेत्रीय प्रतिनिधिहरूसँग छलफल गरेका थिए ।

करिब ३ सय ५० जना सहभागि कार्यक्रममा बिभिन्न देशका राष्ट्रिय समितिका अध्यक्ष तथा  प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा
संघको नेतृत्वको लागि बिभिन्न पदमा रहेका उम्मेदवारहरूले आआफ्नो एजेण्डा प्रस्तुत गरेका थिए ।  



यसैबीच अध्यक्षका प्रत्यासी डा. बद्री केसीको सचिवालयले दिएको जानकारी अनुसार केसीले आगामी हप्ता देखि बिभिन्न देशमा रहेका प्रतिनिधिसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने भएका छन् । 

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन अक्टोबर २३ देखी २५ सम्म काठमाण्डौंमा हुदैछ  । 



  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया