इपिएल : ललितपुरले दियो पोखरालाई ५२ रनको लक्ष्य

एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत जारी खेलमा साबिक विजेता ललितपुर प्याट्रियट्सले पोखरा राइनोजलाई जितका लागि ५२ रनको सामान्य लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले ७ ओभरमा झारिएको खेलमा ६ विकेट गुमाएर ५१ रन बनाएको छ । 

ललितपुरका लागि सान्दुन विराकोडीले १९, नारायण जोशीले ११ र ओशाडा फर्नान्डोले अविजित १० रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

पोखराका नन्दन यादवले ३, विक्रम सोबले २ र केस्रिक विलियम्सले १ विकेट हात पारे । 

मंगलबार राति परेको वर्षाका कारण मैदान हिलाम्मे भएकाले टसमा ढिलाइ हुँदा खेललाई सात ओभरमा झारिएको हो ।  
 





  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १२:४८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया