इपिएलमा पोखराको शानदार जित, ललितपुर ९ विकेटले पराजित

एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत बुधबार भएको पहिलो खेलमा पोखरा राइनोजले साबिक विजेता ललितपुर प्याट्रियसमाथि ९ विकेटको शानदार जित हात पारेको छ ।

ललितपुरले दिएको ५२ रनको सामान्य लक्ष्य पोखराले अन्तिम ओभरमा १ विकेट गुमाएर भेट्टायो । उसका लागि अविजित रहेरका रिचर्ड लेभीले २२ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३८ रनको योगदान दिँदा रित गौतमले १२ रन जोडे । 

ललितपुरका लागि एक मात्र विकेट अजमतुल्लाह ओमरजाईले हात पारे । 

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनाएको थियो ।

ललितपुरका लागि सान्दुन विराकोडीले १९, नारायण जोशीले ११ र ओशाडा फर्नान्डोले अविजित १० रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

पोखराका नन्दन यादवले ३, विक्रम सोबले २ र केस्रिक विलियम्सले १ विकेट हात पारे । 



वर्षाका कारण मैदान हिलाम्मे भएकाले टसमा ढिलाइ हुँदा खेललाई सात ओभरमा झारिएको हो ।

जितसँगै पोखराले २ खेलबाट ३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । उसले वर्षा बाधक बनेको पहिलो खेलमा भैरहवा ग्लाडियटर्ससँग अंक बाँडेकोे थियो । 



लगातार दोस्रो पराजय बेहोर्दै अंकविहीन ललितपुर अन्तिम स्थानमा छ । उसले काठमाडौं किंग्स-११ सँगको पहिलो खेल ७ विकेटले गुमाएको थियो ।  

  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १३:३४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया