एनभिए कप भलिबल : बागमतीको पहिलो जित

छैटौँ संस्करणको एभिए कप महिला तथा पुरुष क्लव भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ बागमती प्रदेशले पहिलो जित हात पारेको छ ।  

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा बागमतीले प्रदेश २ लाई ३–१ को सेटमा पराजित गरेको हो । 

पहिलो सेट २५–२०, दोस्रो सेट २५–२२ आफ्नो पक्षमा पारेको बागमतीले तेस्रो सेट २५–१० ले गुमाएको थियो ।  

चौथो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै बागमतीले पहिलो जित दर्ता गरेको हो । प्रदेश २ को यो लगातार तेस्रो पराजय हो । 

जितसँगै बागमतीले ३ अंक जोड्दा प्रदेश २ अंक विहिन बनेको छ । दुवै टोलीले समूह चरण भने पार गर्न सकेनन् । 

प्रतियोगिता अन्तर्गत बुधबार नै भएको अर्को खेलमा साबिक विजेता हेल्प नेपाल विजयी भएको छ । उसले गल्कोट स्पोर्टस् क्लबमाथि ३–१ सेटको जित हात पारेको हो ।
पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले दोस्रो सेट २५–२२ ले गुमायो । उसले तेस्रो सेट २५–२२ र चौथो सेट २५–१९ ले जित्यो । 



यो नतिजासँगै हेल्प नेपाल लगातार तेस्रो जित निकाल्दै समूह ‘ए’को विजेताको रुपमा क्वाटरफाइनल प्रवेश गर्दा पराजित गल्कोट उप विजेताका रुपमा अघि बढेको छ । 


 



  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १६:८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया