एनभिए कप भलिबल : पुलिसको सुखद् सुरुवात

छैटौँ संस्करणको एभिए कप महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बुधबार भएको खेलमा पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

पुलिसले पहिलो सेट २५–१४, दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–११ ले आफ्नो पक्षमा पार्‌याे । 

जितसँगै प्रतियोगितामा सुखद् सुरुवात गरेको पुलिसले ३ अंक प्राप्त गर्दा लगातार दोस्रो पराजय बेहोरेको ढोरपाटन अंकविहीन छ । ऊ पहिलो खेलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबसँग पराजित भएको थियो ।  





  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १८:२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया