धनुषामा मोटरसाइकल दुर्घटनामा परी तीन युवकको घटनास्थलमै मृत्यु

जनकपुरमा मोटरसाइकल दुर्घटनामा परी तीनजना युवकको घटनास्थलमै मृत्यु भएको छ । तीनजना सवार भई तीव्र गतिमा मोटरसाइकल कुदाउँदा अनियन्त्रित भएर दुर्घटना भएको हो । 

धनुषाको औरहीबाट जनकपुरधामतर्फ आउँदै गरेको ज९प १९८२ नम्बरको मोटरसाइकलमा सवार युवकहरुलेको तीव्र गतिमा चलाएका कारण अनियन्त्रित भएर दुर्घटना भएको थियो । जसमा सवार तीनैजनाको  घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

मृतकमध्ये जनकपुरधाम उपमहानगरपालिका–११ बस्ने २१ वर्षीय कुनालकुमार साहको मात्रै सनाखत भएको उनले बताए । 

अन्य दुईको परिचय खुल्न नसकेको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जानकारी दिए ।





  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १८:३७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया