माधव नेपाल त्रिवि शिक्षण अस्पताल भर्ना

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । 

ज्वरो र खोकीको समस्याका कारण बुधबार उनी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएको नेपालको निजी सचिवालयले जानकारी दिएको छ । 

नेपालको को स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको नेपालको निजी सचिवालयको भनाइ छ । 

नेता नेपालको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली संलग्न रहेको छ । 

अस्पतालमा भेटघाट बन्द गरिएको जानकारी दिँदै उनको सचिवालयले सबै शुभचिन्तकप्रति आभार प्रकट गरेको छ । 





  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार २२:३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया