इपिएल : आज दुई खेल हुँदै

एभरेस्ट प्रिमियर लिग (इपिएल)टि-२० क्रिकेट प्रतियोगिताको चौंथो संस्करण अन्तर्गत आज (बिहीबार)दुई खेल हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा हुने पहिलाे खेलमा काठमाडौं किङ्स-११ र चितवन टाइगर्स भिड्नेछन् । खेल बिहान ९:३० बजे सुरु हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्राे जितको खोजीमा रहेको छ । काठमाडौंले पहिलो खेलमा ललितपुर प्याट्रियट्सलाई हराएको थियो ।  

सोमपाल कामीको कप्तानी रहेको चितवन पनि दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई हराएको थियो ।

यस्तै दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र ललितपुर प्याट्रियट्सबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।

शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने भैरहवा दोस्रो जित निकाल्न चाहन्छ ।



भैरहवाले हिजाे (बुधबार) विराटनगर वारियर्सलाई हराएको थियो । त्यसअघि भैरहवाले पोखरा राइनोजसँग अंक बाँड्न बाध्य भएकाे थियाे ।

ललितपुर भने पहिलो जित निकाल्न चाहन्छ । ललितपुरले दुई खेलमा अंक जोड्न सकेको छैन । ललितपुर बुधबार पोखरासँग पराजित भएको थियो ।



असाेज २३ सम्म चल्ने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख तथा उपविजेताले १५ लाख पाउने छन् ।

हिमालय टेलिभिजनले प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्ने छ। 

  • प्रकाशित मिति : असोज १४, २०७८ बिहीबार ७:१२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया