च्याम्पियन्स लिग : बायर्नको फराकिलो जित

युइएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएकाे खेलमा बायर्न म्युनिखले डाइनामो किभमाथि ५-० को फराकिलो जित हात पारेको छ ।

घरेलु मैदान एलियन्ज एरिनामा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले २, सर्ज गिनाब्री, लिरोय साने र एरिक चुपो मोटिङले १-१ गोल गरे ।

खेलको १२औँ मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमार्फत् गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पेनाल्टी क्षेत्रमा सेडोरचुकले हातले बल छोएपछि रेफ्रीले बायर्नलाई पेनाल्टीको अवसर दिएका थिए । त्यसमा लेवान्डोस्की चुकेनन् । 

२७औँ मिनेटमा लेवान्डोस्कीले नै व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए । ७८औँ मिनेटमा गिनाब्री र ७४औँ मिनेटमा सानेले गोल गर्दा बायर्न ४-० ले अघि बढ्यो । ८७औँ मिनेटमा मोटिङले गोल गर्दै बायर्नलाई फराकिलो जित दिलाए । 

जितसँग बायर्न २ खेलमा ६ अंकका साथ समूह ‘ई’को शीर्ष स्थान रहँदा समान खेलबाट १ अङ्क जोडेको डाइनामो किभ तेस्रो स्थानमा छ । यही समूहको अर्के खेलमा बेन्फिकाले बार्सिलोनालाई ३-०ले पराजित गर्‍याे । 





  • प्रकाशित मिति : असोज १४, २०७८ बिहीबार ९:४३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया