बागमती खाेला किनारमा महिलाकाे शव फेला
प्रतिकात्मक तस्वीर

काठमाडौंस्थित बागमती खोला किनारमा महिलाको शव फेला परेको छ । 

आज बिहान बानेश्वर क्याम्पस नजिक बागमती खाेला किनारमा अर्धनग्न अवस्थामा महिलाको शव फेला परेको नयाँ बानेश्वर प्रहरी वृत्तका डिएसपी मिनबहादुर लामाले जानकारी दिए। 

लामाका अनुसार शवको सनाखत भएको छैन । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाइएको प्रहरीले जनाएको छ ।

घटनाबारेमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।


 





  • प्रकाशित मिति : असोज १४, २०७८ बिहीबार १०:३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया