इपिएल : काठमाडौँले दियो चितवनलाई  १४२ रनको लक्ष्य

एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत जारी खेलमा काठमाडौँ किंग्स-११ ले चितवन टाइगर्स सामु १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।

काठमाडौँका लागि सुवास खकुरेलले सर्वाधिक ३५, राजु रिजालले २८ र जनक प्रकाशले २६ रनको योगदान दिए । अविजित रहेका  सिद्धान्त लाेहनीले ८ तथा कप्तान सन्दीप लामिछानेले ७ रन जोडे । 

चितवनका सागर ढकालले ४,करिम जन्नतले २, कमलसिंह ऐरी र सिकुगे प्रशन्नले १-१ विकेट हात पारे । 





  • प्रकाशित मिति : असोज १४, २०७८ बिहीबार ११:२४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया