नेपाली कांग्रेसले पुष्पा भुसाललाई मन्त्री बनाउने तयारी गरेको छ । भुसाललाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनाउने तयारी गरेको हो ।
हाल कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले कार्कीलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री बनाउन चाहेका छन् ।
भुसाल कांग्रेसका सचेतक पनि हुन् । उनी देउवा निकट मानिन्छन् । अर्घाखाँची घर भएकी भुसाल समानुपातिक सांसद हुन् ।
यसअघि भुसाललाई महिला तथा बालबालिका मन्त्री बनाउने चर्चा कांग्रेसमा चलेको थियो । तर, देउवाले भुसाललाई कानुनमन्त्रीको रूपमा नियुक्त गर्ने भएको स्रोतले जनाएको छ ।
राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै देउवा नेतृत्वको गठबन्धन सरकारले मन्त्रिपरिषद् विस्तार गर्न चाहेको छ । विस्तारित मन्त्रिपरिषदमा कांग्रेसको देउवा पक्षबाटै भुसाल कानुनमन्त्री बन्ने भएकी हुन् ।
मन्त्रिपरिषद् विस्तार गर्न सहजताका लागि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गराइसकेको छ ।
खारेज भएपछि जसपालाई सरकारमा सहभागी हुन सहज भएको छ । पार्टी विभाजनको सम्भावना पनि टरेको छ । खारेज नभएको अवस्थामा सरकारमा गएको अवस्थामा पार्टी विभाजन हुने डर जसपा अध्यक्ष उपेन्द्र यादवलाई थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।