संभवत: आज वा भोलि नै मन्त्रिपरिषद विस्तार टुंगिन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज र भोलिमा मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिद प्रतिष्ठान नेपालको बाह्रौं वार्षिक साधारण सभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । 

‘अहिले जुन परिस्थितिबाट आएर, हामी गठबन्धनबाट आएर हामीले अर्थ र ऊर्जा मन्त्रालय लिएका छौं । अरू मन्त्रालयहरू पनि संभवत आज/भोलि नै टुंगिदैछ’, प्रचण्डले भने ।

त्यस्तै उनले सरकारको साझा न्युनतम कार्यक्रममा सहिद, बेपत्ता र घाइतेको बारेमा औपचारिक दस्तावेजीकरण भएको उल्लेख गरे । 

उनले भने, ‘पहिलोचोटि सरकारको तर्फबाट साझा न्यूनतम कार्यक्रमहरूमा सहिदहरूको बारेमा, बेपत्ता, घाइतेकोबारेमा राज्यका तर्फबाट गर्नुपर्ने राहत वितरण र अन्य उपचारका सन्दर्भमा औपचारिक दस्तावेजीकरण भएको छ र त्यो काम अगाडि बढेको छ ।’





  • प्रकाशित मिति : असोज १४, २०७८ बिहीबार १२:४९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया