इपिएल : लगातार दोस्रो जितसँगै चितवन शीर्ष स्थानमा

एभरेस्ट प्रिमियर लिग (ईपिएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा चितवन टाइगर्स विजयी भएको छ । उसले काठमाडौँ किङ्ग–११ लाई ३ विकेटले पराजित गरेको हो ।

काठमाडौँले दिएको १४२ रनको लक्ष्य चितवनले १८.४ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । चितवनका लागि अविजित रहेका राजेश पुलामी मगरले २६ र कमलसिंह ऐरीले २३ रनको योगदान दिए । दिलिप नाथले २३ र करिम जन्नतले २१ रन जोडे ।

काठमाडौँका जितेन्द्र मुखिया र रायन बर्लले २–२ विकेट हात पार्दा कप्तान सन्दीप लामिछाने,जनक प्रकाश र गुल्सन झाले १/१ विकेट लिए । 

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २०ओभरमा ८ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।

काठमाडौँका लागि सुवास खकुरेलले सर्वाधिक ३५, राजु रिजालले २८ र जनक प्रकाशले २६ रनको योगदान दिए । अविजित रहेका सिद्धान्त लाहनीले ८ तथा सन्दीप लामिछानेले ७ रन जोडे । 

चितवनका सागर ढकालले ४, करिम जन्नतले २, कमलसिंह ऐरी र सिकुगे प्रशन्नले १/१ विकेट हात पारे । 



लगातार दोस्रो जित हात पारेको चितवन २ खेलबाट ४ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । उसले पहिलो खेलमा विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको थियो ।

पहिलो पराजय बेहोरेको काठमाडौँ २ खेलबाट २ अङ्कका साथ चौथो स्थानमा छ । उसले पहिलो खेलमा ललितपुर प्याट्रियट्सलाई ७ विकेटले हराएको थियो ।  



  • प्रकाशित मिति : असोज १४, २०७८ बिहीबार १३:२५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया