इपिएल : ललितपुरले दियो भैरहवालाई १७८ रनको लक्ष्य

चौथो सिजनको एभरेस्ट प्रिमियर लिग (इपिएल) मा ललितपुर प्याट्रियट्सले भैरहवा ग्लाडियटर्सलाई १७८ रनको लक्ष्य दिएको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७७ रन बनायो । 

उसका लागि सदुन वीराकोडीले अर्धशतीय पारी खेले । उनले ४१ बलमा पाँच छक्का र दुई चौकासहित ५८ रन बनाए । त्यस्तै, अजमतुल्लाह उमरजाईले ४२ र सुन्दीप जोराले ३८, ओशादा फर्नान्डोले २० रनको योगदान दिए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । ​बलिङमा अविनाश बोहराले दुई, धम्मिका प्रसाद, कृष्ण कार्की र आरिफ शेखले एक/एक विकेट लिए । 

जारी सिजनमा ललितपुरले यसअघि दुई खेलमा लगातार हारको सामना गरेको छ । भैरहवाले भने दुईमा एकमा जित र एक खेलमा अंक बाँडेको छ । 





  • प्रकाशित मिति : असोज १४, २०७८ बिहीबार १५:३८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया