हेटौंडा उपमहानगरपालिकाले गणेश थापासँग गरेको सम्झौता रद्द गरेको छ । उपमहानगरले गणेश थापासम्बद्ध नेपाल स्पोर्टस अर्गनाइजेसनसँग मंगलबार कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता गरेको थियो ।
फुटबल विकासको लागि भन्दै उपमहानगरले फिफाले प्रतिबन्ध लगाएका थापासँग २५ लाख रुपैयाँको सम्झौता गरेको थियो । असोज १२ गतेको सो सम्झौताको सञ्चारमाध्यममा आलोचना भएपछि उपमहानगरले सो सम्झौताको निर्णय रद्द गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष हुँदा पदको दुरुपयोग गरेको तथा आर्थिक अनियमितताको गरेको आरोपमा दोषी ठहर्याउँदै फिफाले उनीमाथि प्रतिबन्ध लगाएको छ ।
उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले विशेष कारणवश सम्झौता रद्द गरेको हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले बताए । सम्झौता रद्द भइसकेकाले यस विषयमा थप नबोल्ने उनले बताए ।
खेलकुदकाे विकासका लागि भन्दै फिफाको प्रतिबन्धमा रहेका थापालाई हेटौँडा उपमहानगरले दियाे २५ लाख
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।