सिग्देललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

सरकारले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्रांकित विशिष्ठ श्रेणी (सचिव)मा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो । 

मन्त्रीपरिषद्को बैठकपछि कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को बैठकले जेनेभामा आयोजना हुने डब्ल्यूटिओको १२औँ मन्त्रीस्तरीय सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भाग लिन स्वीकृति दिने निर्णय समेत गरेको बताए । सरकारले इन्टरपोलको ८९औँ महासभामा भाग लिन स्वीकृति दिने निर्णय गरेको समेत बताए । 

सरकारले विभिन्न मन्त्रालयअन्तर्गतका विकास आयोजनाका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णयसमेत गरेको छ । 





  • प्रकाशित मिति : असोज १४, २०७८ बिहीबार १७:४८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया