बिपीका उपकुलपति गिरीलाई प्रशासनिकबाहेकका गतिविधि नगर्न स्वास्थ्यको चेतावनी

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी कामचलाउमा परिणत भएका छन् । सरकारले उनलाई दैनिक प्रशासनिक कामबाहेक अन्य गतिविधि नगर्न सचेत गराएको छ। 

यसअघि स्वास्थ्य मन्त्रालयले भदौ १७ गते दैनिक प्रशासनिक काम र अनिवार्य आर्थिक दायित्व सिर्जना हुने आर्थिक कामबाहेक प्रतिष्ठानलाई थप दायित्व सिर्जना हुने कुनै काम नगर्न भन्दै बिपी प्रतिष्ठानमा पत्राचार गरेको थियो । 

उपकुलपति गिरीले प्रतिष्ठानका प्राध्यापकहरुलाई स्पष्टीकरण लिन थालेपछि सरकारले उनलाई सचेत गराउँदै पत्र पठाएको हो । प्रतिष्ठानका कर्मचारी तथा प्रोफेसरलाई स्पष्टीकरण सोध्ने तथा प्रतिष्ठानमा दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्न–नगराउन मन्त्रालयले उपकुलपति गिरीलाई निर्देशन दिएको छ । 

मन्त्रालयले उनलाई सिनेट बैठकबाट निर्णय नभएसम्म दैनिक प्रशासनिक कामबाहेक अन्य काम नगर्न भनेको छ । 





  • प्रकाशित मिति : असोज १४, २०७८ बिहीबार २०:०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया