नेपाल टेलिकमका मोबाइल प्रयोगकर्तालाई पछिल्लो समय विदेशी नम्बरबाट आउने मिस्डकलले हैरान पारेको छ ।
केही समयअगाडि पनि विदेशी नम्बरबाट आउने यस्तो कलले हंगामा मच्चाएको थियो ।
विभिन्न देशको फरम्याटमा आउने यस्तो नम्बरमा कलब्याक गर्दा ह्याकरहरूले नम्बर अन्तै मोडेर फाइदा लिइरहेको टेलिकमले बताएको थियो । ‘वान्गिरी’ भनिने यस्तो फोनमा कल नगर्न टेलिकमले सुझाब दिएको थियो ।
मिस्डकल गरेर मोबाइल प्रयोगकर्तालाई कल ब्याक गर्न प्रेरित गर्ने र त्यसबापत महँगो रकम काट्ने गिरोह सक्रिय रहेको निष्कर्षसहित टेलिकमले आफ्ना ग्राहकलाई सचेत रहन भनेको थियो ।
विदेशी नम्बरबाट आउने मिस्डकलले फेरि एकपटक मोबाइल प्रयोगकर्तालाई आतंकित बनाएको छ । कुनै पनि वेला आउन सक्ने यस्तो फोनबाट सचेत रहन नेपाल दूरसञ्चार प्रधिकरणले सुझाएको छ ।
प्रधिकरणका अनुसार केही दिनयता यस्तो नम्बरबाट धेरैलाई मिस्डकल आइरहेको छ ।
त्यस्तो फोन उठाउँदा वा कलब्याक गर्दा धेरै पैसा काटिन्छ, अर्थात् ब्यालेन्स चोरी हुन्छ । त्यसैले, नचिनेको विदेशी नम्बरबाट फोन आएमा त्यस्ता फोनलाई बेवास्ता गर्न टेलिकमले सल्लाह दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।