प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेपछि त्यहाँका प्रतिपक्षी दलहरूले मुख्यमन्त्री लालबाबु राउतको रानजीनामा मागेका छन् । नैतिकताका आधारमा राजीनामा दिएर मुख्यमन्त्री राउतले अख्तियारको छानबिनमा सहयोग गर्नुपर्ने उनीहरुको माग छ ।
छात्राहरूलाई वितरण गर्न साइकल खरिद गर्दा अनियमितता भएको भन्दै बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छापा मारेको थियो ।
अख्तियारले पटक–पटक ताकेता गर्दा पनि फाइल नबुझाएपछि बुधबार अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेको भन्दै प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले मुख्यमन्त्रीको राजीनामा मागेको हो ।
प्रतिपक्षी दल एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै अख्तियारले साइकल खरिद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै मारेको छापा भ्रष्टाचारविरुद्ध राम्रो सुरुवात भएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।