आइपिएल : हैदराबादलाई पराजित गर्दै चेन्नई प्ले अफमा
फरकधार / १५ असोज, २०७८

इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्स विजयी भएको छ । उसले बिहीबारको खेलमा सनराइजर्स हैदराबादलाई ६ विकेटको हराएको हो ।



निकै रोमान्चक बनेको खेलमा हैदराबादले दिएको १३५ रनको लक्ष्य चेन्नईले २  बल बाँकी छँदा ४ विकेट गुमाएर भेट्टायो ।

चेन्नईका लागि रुतुराज गायकवाडले सर्वाधिक ४५, फाप डु प्लेसिसले ४१, मोइल अलीले र अम्बाती रायडुले समान १७-१७ रन जोडे । हैदराबादका जेसन होल्डरले ३ र राशिद खानले १ विकेट हात पारे । 

यसअघि सारजहा क्रिकेट मैदानमा टस हरेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३४ रन बनाएको थियो । 
उसका लागि रिद्दिमान शाहले सर्वाधिक ४४, अविशेक शर्मा र अब्दुल समादले समान १८-१८रनको योगदान दिँदा राशिद खान १७ रनमा अविजित रहे । 
चेन्नईका जोस हेजलउडले ३, ड्वाने ब्राभोले २ र रविन्द्र जडेजाले १ विकेट हात पारे । 



जितसँगै चेन्नईले १० खेलमा १८ अंक जोड्दै शीर्ष स्थानमा कायम रहँदा समान खेलबाट ४ अंकका साथ  हैदराबाद अन्तिममा छ । योसँगै चेन्नईले प्ले अफमा स्थान सुरक्षित गर्दा हैदराबादको भने सम्भावना समाप्त भएको छ । 
 

  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार ७:११:१८,   अन्तिम अपडेट : असोज १५, २०७८ शुक्रबार ७:२२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया