सूचना प्रविधिकाे पहुँचमा ल्याउन नेपाल टेलिकमले ज्येष्ठ नागरिकलाई निशुल्क सिम प्रदान गर्ने

नेपाल टेलिकमले देशभरका ज्येष्ठ नागरिकलाई निःशुल्क सिम प्रदान गर्ने भएको छ । 

टेलिकमले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा यही असाेज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई निशुल्क सिम वितरण गर्न लागेकाे हाे ।

निशुल्क वितरण गर्न लागिएकाे सिममा ४० मिनेट कल, २० वटा मेसेज, ६० एमबी डाटा र रु १० ब्यालेन्स हुने टेलिकमले जनाएकाे छ । टेलिकमका अनुसार याे सुविधा एक महिनाका लागि मात्र रहेकाे छ ।

सिम देशैभरका टेलिकम काउन्टरबाट प्राप्त गर्न सकिनेछ । सिमका लागि एक प्रति पासपाेर्ट साइजकाे फाेटाे, परिचय र उमेर खुल्ने प्रमाणपत्रकाे आवश्यक पर्नेछ ।

ज्येष्ठ नागरिकलाई सूचना प्रविधिकाे पहुँचमा ल्याउनका लागि याे सुविधा ल्याइएकाे टेलिकमले जनाएकाे छ ।

अक्टोबर १ मा विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउँदै आइएकाे छ ।
 





  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार ७:२५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया