इंग्लिस क्लब टोटेनहमले युरोपा कन्फरेन्स लिगमा शानदार जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले मुरालाई ५-१ गोल अन्तरले पराजित गरी शानदार जित निकालेकाे हाे ।
टोटेनहमको जितमा ह्यारी केनले ह्याट्रिक गरे । डेली अली र जियोभानी लो सेल्सोले एक-एक गोल गरे । मुराका जिगा कोउसले एक गोल फर्काए ।
घरेलु मैदानमा अलीले चौंथो मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलकाे आठौं मिनेटमा जियोभानीले गोल गरी टोटेनहमकाे अग्रता दाेब्बर बनाए । खेलकाे ५२ औं मिनेटमा जिगाले टाेटेनहमविरुद्ध एक गाेल फर्काइ खेल २-१ को स्थितिमा ल्याए ।
खेलकाे ६८ औं मिनेटमा ह्यारी केनले पहिलो गोल गर्दै टोटेनहमलाई ३-१ को अग्रता दिलाए ।
खेलको ७७ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ४-१ को बनाए । त्यसपछि खेलको ८८ औं मिनेटमा केनले ह्याट्रिक पूरा गर्दै टोटेनहमलाई ५-१ को शानदार जित दिलाए ।
खेलमा जित हासिल गरेसँगै समूह ‘जी’को टोटेनहमले २ खेलमा ४ अंक जोडी शीर्ष स्थानमा पुगेकाे छ भने मुरा अंकबिहीन रहँदै पुछारमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।