झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
प्रतिकात्मक तस्वीर

झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा विर्तामाेड नगरपालिका-८ नेपालचाेककी ५० वर्षीया लतुमाई मर्डी रहेकी छन् ।

भद्रपुर नगरपालिका-१० स्थित चारआली जंगलमा उनका श्रीमान् सुकलाल मर्डीसँगै निगुरो टिप्न गएकाे बेलामा हात्तीकाे आक्रमणमा परी बिहीबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । 

सुकलालले आफ्नी श्रीमतीलाई हात्तीले सुँडले च्यापेर लगेकाे खबर प्राप्त भएपछि प्रहरी, सेना र स्थानीयले उनकाे खाेजी गरेका थिए ।

खाेजी गर्ने क्रममा दिउँसाे ४ बजे स्थानीय सेती खाेलाकाे पैनीमा उनी मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ।





  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार ८:१३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया