साफ च्याम्पियनसिप आजबाट, नेपालले मल्दिभ्सको सामना गर्दै

दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण शुक्रबारबाट माल्दिभ्समा सुरु हुँदैछ ।

साफको पहिलो दिन दुई खेल हुनेछन् । उद्घाटन खेलमा श्रीलंका र बंगलादेश भिड्नेछन् ।

दोस्रो खेलमा नेपालले आयोजक तथा साबिक विजेता माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ ।

पहिलो पटक साफको उपाधि उचाल्ने लक्ष्यसहित माल्दिभ्स पुगेको नेपाल घरेलु घरेलु टोलीलाई हराउँदै त्यसको सुरुवात गर्ने सोचमा हुनेछ । 

नेपाललाई उपाधि उचाल्न सहज भने छैन । साफको इतिहास हेर्दा नेपालको सबैभन्दा उत्कृष्ट नतिजा सेमिफाइनल हो । 

मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागी छन् । 



सबै टोलीले एक अर्काको सामना गर्नेछन् र शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् । फाइनल खेल अक्टोबर १६ (असोज ३०) मा हुनेछ । 

नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ (असोज १८), तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ ।



नेपाल भर्सेस माल्दिभ्स हेड टु हेड :

माल्दिभ्सविरुद्ध नेपालको इतिहास कमजोर छ । यी दुई हालसम्म १६ खेलमा एक अर्काको आमनेसामने भएका छन् । १६ खेलमध्ये माल्दिभ्सले ८, नेपालले ४ खेलमा जित निकाल्दा ४ खेल बराबरीमा सकिएको छ ।

नेपालले पछिल्लो पटक माल्दिभ्सविरुद्ध २०१८ को साफमा प्रतिस्पर्धा गरेको थियो । बंगलादेशमा भएको त्यस भेटमा नेपाल ३-० ले पराजित भएको थियो ।

नेपाली टोली :

किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ, दिनेश राजवंशी, सन्तोष तामाङ, सुरज ज्यु ठकुरी, अनन्त तामाङ, रोहित चन्द, गौतम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, विशाल राई, सुनिल बल,पुजन उपरकोटी, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, आशिष लामा, नवयुग श्रेष्ठ, आयुष घलान, मनिष डाँगी, कमल थापा र सुमन लामा 

  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार ८:२४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया