पलको माया सार्वजनिक

पछिल्लो समय पल शाह म्युजिक भिडियोमा निक्कै व्यस्त छन् । उनले अभिनय गरेका म्युजिक भिडियोकाे संख्या पनि त्यही अनुपातमा देखिएको छ । पछिल्लो पटक उनले अभिनय गरेको ‘यो माया हो’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक भिडियोमा पलसँग मोडलद्वय प्रिज्मा र प्रिन्सी खतिवडाले रोमान्स गरेका छन् । म्युजिक भिडियो टेकेन्द्र शाहले निर्देशन गरेका हुन् । टेकेन्द्रकै सम्पादन रहेको भिडियोमा राम केसीको छायांकन तथा एम सिंहको कोरियोग्राफी रहेको छ ।

सार्वजनिक गीत डिबी लामाले लेखेका हुन् । गीतकारकै संगीत रहेको गीत मेलिना राई र निर्मल लामाले गाएको छन् । गीतको म्युजिक भिडियो दक्षिणकालीमा छायांकन गरिएको छ ।





  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १०:५१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया