इपिएल : ललितपुरले दियो विराटनगरलाई  २२७ रनको  विशाल लक्ष्य

एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत जारी खेलमा ललितपुर प्याट्रियट्सले  विराटनगर वारियर्स समक्ष २२७ रनको  विशाल लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२६ रन बनाएको हो ।  

ललितपुरका सन्दुन विराकोडीले उत्कृष्ट प्रदर्शन गरे । पन्ध्रौँ ओभरको दोस्रो बलमा विराटनगरका कप्तान करण केसीले विकेटकिपर आशिफ शेखबाट क्याच गराउनुअघि उनले ४३ बलमा १० चौका र ३ छक्काको मद्दतमा ७३ रन बनाएका थिए । ​

अजमतुल्लाह ओमरजाईले अविजित ५८ रनको योगदान दिए । २४ बलको सामना गरेका उनले ७ छक्का प्रहार गरे । कप्तान कुशल भुर्तेलले ३२ र योगेन्द्रसिंह कार्कीले २७ रन जोडे । 

विराटनगरका करण केसीले २, सिकन्दर राजा, प्रतिस जिसी र दिल्सन मुनावीराले समान १–१ विकेट हात पारे । 

 





  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार ११:२९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया