रूपचन्द्र विष्टको जीवनीमा आधारित ‘रुदाने’को ट्रेलर रिलिज

रूपचन्द्र बिष्टको जीवनीमा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘रुदाने : विद्रोहको नेपाली नाम’को टिजर रिलिज गरिएको छ । टिजर सार्वजनिक गर्दै निर्माण टिमले यो चलचित्र सन २०२२ को मध्येसम्ममा रिलिज गर्ने योजना रहेको सुनाएको छ ।

‘रुदाने’मा अमित किशोर सुवेदी र विकास ढकालले संयुक्त रूपमा अनुसन्धान, लेखन तथा निर्देशन गरेका छन् । चलचित्रमा रुपचन्द्र विष्टको जीवन र थाहा दर्शनलाई समेटिएको छ । 

दिव्य देव रूपचन्द्र विष्टको भूमिकामा देखिदैछन् । दिव्य देवका साथमा नम्रता श्रेष्ठ, रवि गिरि, सुभाष गजुरेल, अम्बर सुवेदी, सरोज अर्षल, आलोक थामी, नमिता तामाङलगायतका कलाकारले चलचित्रमा अभिनय गरेका छन् ।





  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार ११:४८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया