'द भेजिटेरियन'को नेपाली अनुवाद आउँदै

विश्व अनुवाद दिवसको अवसरमा शुभकामना दिँदै प्रकाशन गृह ‘बुकहिल’ ले दक्षिण कोरियाली लेखक ‘हान काङ’को सन् २०१६ को ‘म्यान बुकर पुरस्कार’  विजेता पुस्तक ‘द भेजिटेरियन’ अनुवाद अधिकार लिई नेपाली भाषामा  प्रकाशन गर्न लागेको जनाएको छ । 

प्रवीण अधिकारीले अनुवाद गरेके यो पुस्तक जनवरी २०२२ मा पाठकमाझ आउने पनि विज्ञप्ति जनाइएको छ ।

बुकहिलले गत वर्ष अंग्रेजी भाषाबाट ४ वटा किताब नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरेको थियो भने दसैंको छेकोमा योङ्गे मिङ्युर रिम्पोछेको ‘द जोय अफ् लिभिङ’ को नेपाली अनुवाद ‘जिउनुको मज्जा’  (अनुवादक- सरोज धिताल), चिनियाँ लेखक सुयमोका कथाको अनुवाद ‘सिनचियाङ बुढो’  (अनुवादक- मल्ल के सुन्दर), फ्रान्ज काफ्काको ‘द मेटामोर्फसिस’  (अनुवादक- रामचन्द्र केसी) प्रकाशन गर्ने बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी गराएका छन् ।
 





  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १२:५५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया