सुरक्षित छैन ट्रम्पको फोन कल : निगरानी गर्दै चीन र रुस !

वासिंगटन– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको फोन कल चीन र रुसले सुनिरहेको गुप्तचर एजेन्सीहरूले दाबी गरेका छन् । 

यो खबर अमेरिकी समाचारपत्र न्युयोर्क टाइम्सले एक रिपोर्टमार्फत सार्वजनिक गरेको हो । रिपोर्टमा कुनै अधिकारीको नाम भने उल्लेख छैन । 

‘चीनका जासुसहरू प्रायः फोनमा हुने कुराकानी सुन्छन् र राष्ट्रपति ट्रम्पको कामकाजलाई राम्रोसँग बुझ्न र ट्रम्प प्रशासनको नीतिहरूलाई प्रभावित गर्न यसको प्रयोग गर्छन्,’ रिपोर्टअनुसार एजेन्सीहरूको दाबी छ ।

रिपोर्टका अनुसार ट्रम्प आफ्ना साथीहरूसँग कुराकानी गर्न आइफोनको प्रयोग गर्छन् । अधिकारीहरूको बारम्बारको अनुरोधपछि पनि उनले आइफोनको प्रयोग गर्न छोडेका छैनन् । 

अमेरिकी एजेन्सीहरूले राष्ट्रपतिलाई ल्यान्डलाइनको प्रयोग गर्न बारम्बार सुझाएका छन् । गोप्यताका हिसाबले ल्यान्डलाइनलाई मोबाइल फोनभन्दा निकै सुरक्षित मानिन्छ । 

चीन र रुसले विभिन्न देशमा रहेका आफ्ना सूत्रहरूको सहयोगमा राष्ट्रपति ट्रम्पको फोनमा हुने कुराकानी सुन्दै आएका एजेन्सीहरूले पत्ता लगाएका न्युयोर्क टाइम्सको रिपोर्टमा उल्लेख छ । 



रिपोर्टमाथि ह्वाइट हाउसले भने कुनै प्रतिक्रिया दिएको छैन । 
 



  • प्रकाशित मिति : कात्तिक ८, २०७५ बिहीबार १९:८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया