नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीका नाममा केही व्यक्तिहरूले कम्युनिस्ट आन्दोलनलाई नै बदनाम गरेको बताएका छन् ।
एमाले विधान महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘कम्युनिस्ट पार्टीका नाममा केही व्यक्तिहरूले आन्दोलनलाई नै बदनाम गर्ने काम गरेका छन्, नेकपा एमालेबाट केही व्यक्तिहरू बाहिरिएका छन् ।’
ओलीले अगाडि भने, ‘उनीहरूले संगठनात्मक अराजकता, पदलोलुप्ता र गुटलाई प्रसय दिइरहेका छन् । हाम्रो पार्टी प्रतिपक्षी भूमिकामा फेरि एकपटक आएको छ । पार्टीका विरुद्ध घेराबन्दी र आक्रमणका नयाँ श्रृङखला सुरु भएका छन् ।’
उनले लोकतन्त्र स्थिरता र एकता समृद्धिको अभियान एवं राष्ट्रिय हितमाथि आक्रमण भएको पनि बताए । ‘संविधान लोकतन्त्र स्थिरता र एकता समृद्धिको अभियान एवं राष्ट्रिय हितमाथि आक्रमण भएको छ । र मुलुकको भविष्य अन्योलमा परेको छ,’ ओलीले भने ।
एमालेको राजनीतिक इतिहासमा पहिलोपटक भएको विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीमा आजबाट सुरु भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।