नवौं महाधिवेशनपछिको अवधि निकै आँधिहुरीपूर्ण रह्यो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको नवौं महाधिवेशनपछिको अवधि निकै आँधिहुरीपूर्ण रहेको बताएका छन् । 

ललितपुरको गोदावरीमा आजबाट सुरु भएको विधान महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने,‘नवौं राष्ट्रिय महाधिवेशनपछिका अवधि निकै घटनापूर्ण रहे, आँधिहुरिपूर्ण रहे ।’

साथै, उनले यी सबै घटनामा एमालेले प्रभावकारी भूमिका निर्वाह गरेको उल्लेख गरे ।

‘विनाशकारी भूकम्प, भूकम्प पीडितको सेवामा स्वयमसेवक परिचालन, संविधानसभाबाट संविधान निर्माण र घोषणा, एमाले नेतृत्वको सरकार गठन, नाकाबन्दीविरुद्ध सशक्त प्रतिरोध र अभूतपूर्व राष्ट्रिय एकताको प्रदर्शन, चीनसँग पारवहन र यातायात सम्झौता, एमालेविरुद्ध षडयन्त्र र सरकारबाट विस्थापन, मेची महाकाली अभियान, स्थानिय निर्वाचन र ऐतिहासिक सफलता,’ ओलीले भने, ‘हामीले आम निर्वाचनअघि सामना गरेका घटनाहरु हुन । यी सबै घटनामा हामीले प्रभावकारी भूमिका निर्वाह गर्यौं र पार्टीको नेतृत्व स्थापना गर्यौं ।’

सथै, उनले कम्युनिस्ट पार्टीका नाममा केही व्यक्तिहरुले कम्युनिस्ट आन्दोलनलाई नै बदनाम गरेको बताएका छन् । 






  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १४:२९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया