प्रचण्ड र नेपालले बाह्य शक्तिका आधारमा आफूलाई हटाएको ओलीको आरोप

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बाह्य शक्तिको इसारामा आफूलाई सरकारबाट हटाएको आरोप लगाएका छन् । 

नेकपा एमालेको विधान महाधिवेशनमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकाल पनि सम्झिएका थिए ।

उनले पहिलो कार्यकालमा आफूले भारतले लगाएको नाकाबन्दी परास्त गरेको पनि बताएका छन् । अनि पहिलो कार्यकालमा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपालले आफूलाई घेराबन्दी गरेको बताएका छन् ।

उनले पछिल्लो समय आफू प्रधानमन्त्रीबाट हट्दा पनि यी दुई नेताले बाह्य शक्तिको आडमा खेल खेलेको आरोप लगाएका छन् ।






  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १४:३८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया