२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

एउटै भिडियोमा पल र आकाशसँग सरोज

गजलकार सुरेश वाग्लेको गजल ’जति बिर्स्यौ तिम्रो याद’ सार्वजनिक भएको छ । उनले गजल लेख्नको यात्रा आरम्भ गरेको गजललाई नयाँपन दिँदै समयानुसार तयार गरेर सार्वजनिक गरेका छन् । 

आफ्नो पहिलो गजल भएकाले यो वाग्लेको मनमै छ । उनले यसलाई विद्यार्थी जीवनमै कोरेको गजललाई विक्रम संवत २०५९ सालमा रेडियो नेपालमा रेकर्ड गराएका थिए । यसमा स्वर र संगीत शिव परियारको रहेको छ ।



यही गीत मार्फत् २०५९ सालमा रेडियो नेपालले आयोजना गरेको देशव्यापी राष्ट्रिय आधुनिक गीतमा स्वरतर्फ गायक परियार प्रथम हुन सफल भएका थिए भने गीत पनि उतिकै सफल बनेको थियो। ‘त्यो जमाना अडियोको थियो । अडियो क्यासेट र विशेष गरेर रेडियोहरूमा खुबै बजेको गीत अझ यो गजल हो। तर, परिवर्तित समयअनुसार रिमेक गरेर भिडियोसहित गीत बजारमा ल्याएका हौं’, गजलकार वाग्ले भन्छन्, ‘पहिले जस्तै अब पनि दर्शक श्रोताले गीत र भिडियोलाई मन पराइदिनु हुनेछ।’

सार्वजनिक गीतको भिडियोमा अभिनेता सरोज खनाल, पल शाह, आकाश श्रेष्ठ र मोडल तथा कलाकार प्रमिला कार्कीको अभिनय रहेको छ भने गीतको भिडियो निर्देशक निकेश खड्काले तयार पारेका हुन् । 



निर्देशक खड्काले गायक परियार, गीतकार वाग्ले र सिंगो नेपाली गजल क्षेत्रसँग जोडिएको र पृथक  इतिहास बोकेको गीतलाई नयाँ ढंगबाट एउटा मिठो प्रेम कहानीका रूपमा भिडियोमा प्रस्तुत गरिएको बताए । उनले आफ्ना अन्य सृजना जस्तै यस भिडियोलाई पनि दर्शक स्रोताले मन पराइदिनु हुनेमा विश्वास व्यक्त गरे ।

भिडियोमा अभिनय गरेका अभिनेता सरोज खनाल, पल शाह, आकाश खड्का र प्रमिला कार्कीले पनि एउटा ऐतिहासिक गीतगजलसँग जोडिएर काम गर्न पाएकोमा खुसी व्यक्त गरे ।   



  • प्रकाशित मिति : १५ असोज, २०७८ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया