नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजनको मुख्य योजनाकार माधवकुमार नेपाल भएको बताएका छन् ।
उनले पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘विभाजनका मुख्य योजनाकार माधवकुमार नेपाल नवौं राष्ट्रिय महाधिवेशनदेखि नै पार्टीका नीति र नेतृत्वविरुद्ध अन्त्यहीन गुटबन्दी, किचलोर असहयोगमा सङ्लग्न थिए ।’
उनले २०७३ सालमा पनि एमाले नेतृत्वको सरकारलाई विस्थापित गर्ने योजनाकारका रुपमा नेपाल भएको बताएका छन् ।
‘एमाले नेतृत्वको सरकारलाई जुनसुकै मूल्यमा अपदस्थ गर्न, प्रदेशहरुमा एमाले सरकारलाई विफल पार्न, पार्टीका उम्मेदवारहरुलाई पराजित गर्न र आन्दोलनलाई विपक्षीहरुको सेवामा समर्पित गर्न उनीहरुबाट भएका गतिविधि सार्वजनिक नै छन्,’ उनले भनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।