एजेन्सी– यौन शोषण गरेको आरोप लागेका ४८ जना कर्मचारीलाई गुगलले कामबाट निष्काशन गरेको छ । गुगल कम्पनीले १३ जना बरिष्ठ म्यानेजर सहित कुल ४८ जना कर्मचारीलाई जागीरबाट निकालेको हो ।
गुगलका मुख्य कार्यकारी अधिकृत सुन्दर पिचईले कर्मचारीहरुको नाममा लेखिएको एक पत्रमा कम्पनीका कर्मचारीलाई लागेको दुव्र्यवहारको आरोपमा कडा निर्णय लिइएको उल्लेख थियो ।
न्युयोर्क टाइम्सको एक रिपोर्टअनुसार एन्ड्रोयड निर्माता एन्डी रुबिनलाई यौन दुव्र्यवहारको आरोपमा ९० मिलियन डलर प्याकेज दिएर कम्पनीबाट सेवामुक्त गराईएको थियो । तर रुबिनका प्रवक्ताले यो आरोप अस्वीकार गरेका छन् ।
रुबिनले २०१४ मा कम्पनी छोडेका थिए ।
सुन्दर पिचईले आफ्नो पत्रमा न्युयोर्क टाइम्सको रिपोर्ट पढ्नु एकदम दुखदायी भएको र गुगल यस किसिमका मुद्धामा अत्यन्त गम्भिर रहेको उल्लेख गरेका छन् । गुगल आफ्ना कर्मचारीका लागि सुरक्षित कार्यक्षेत्र बनाउनका लागि सधै तत्पर रहेको समेत उल्लेख छ ।
उनले सबै यौन दुव्र्यवहारको आरोपको छानबिन गरेर यो निर्णय लिएको पत्रमा लेखेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।