एनभिए कप भलिबल : रोमाञ्चक जित निकाल्दै न्यु डायमन्ड फाइनलमा

छैटौँ संस्करणको एभिए कप महिला तथा पुरुष क्लव भलिबल च्याम्पियनसिपमा महिलातर्फ न्यु डायमन्ड स्पोर्टस् क्लब फाइनल प्रवेश गरेको छ । 

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार भएको  निकै प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनलमा न्यु डायमन्डले विभागीय टोली नेपाल पुलिस क्लबमाथि ३–२ सेटको रोमाञ्चक जित हात पारेको हो । 

पहिलो सेट २५–१८ ले गुमाएको न्यु डायमन्डले दोस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्‍यो ।  

तेस्रो सेट २५–२१ ले गुमाएको न्यु डायमन्डले चौथो सेट २५–१७ ले जित्दैे खेललाई रोमाञ्चक मोडमा ल्यायो ।

उसले पाँचौँ तथा अन्तिम सेट १५–१० ले आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो ।  ​न्यु डायमान्डले उपाधिका लागि शनिबार विभागीय टोली एपिएफसँग प्रतिस्पर्धा गर्नेछ । 

न्यु डायमन्ड समूह ‘बी’ को विजेता र पुलिस समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेका थिए । 
 





  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १५:४६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया