सत्तारुढ जसपाले अख्तियारविरुद्ध प्रदर्शन गर्ने

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले अख्तियारविरुद्ध प्रदर्शन गर्ने भएको छ । जसपाको प्रदेश न‌ २को समितिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मसाल जुलुस र विरोध प्रदर्शन गर्ने जनाएको छ ।

जसपा प्रदेशका मुख्य सचिव शम्भु झाले विज्ञप्ति जारी गर्दै  शनिबार प्रदेशका जिल्ला सदरमुकाममा मसाल जुलुस प्रदर्शन र आइतबार बृहत् विरोध प्रदर्शन गरिने जनाइएका छन्।

अख्तियारले गत १३ असोजमा प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारी कागजपत्र कब्जामा लिएको थियो । जसपाले सो कार्य अमर्यादित र विद्वेषपूर्ण तथा सामुदायिक एवं राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण भावनाले गरिएको बताएको छ । 

‘बेटी बचाऊ बेटी पढाऊ’ अभियान अन्तर्गत छात्रालाई वितरण गर्न ल्याइएको साइकलमा भ्रष्टाचार भएको भन्दै अख्तियारले कागजात नियन्त्रणमा लिएको थियो ।

अख्तियारले गरेको छापामारीको जसपा केन्द्रीय समितिले पनि भत्र्सना गरिसकेको छ ।





  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार २१:३९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया